प्रधान सेनापति पूर्णचन्द्र थापाको बिदाइ गरिएको छ। सैनिक मुख्यालय जंगीअड्डामा आइतबार थापाको सम्मानमा बिदाइ कार्यक्रम नै गरिएको थियो।
थापा तीन वर्षे कार्यकाल सकेर बिदाइ भएका हुन्। भदौ २४ पछि प्रधान सेनापति प्रभुराम शर्मा हुनेछन्। थापा ४१ वर्ष ८ महिना २२ दिन सैनिक जीवन बिताएर बिदाइ भएका छन्। थापाको कार्यकाल भदौ २४ मा सकिन्छ।
सरकारको सिफारिसमा शर्मा प्रधान सेनापति नियुक्त भइसकेका छन्। भदौ २४ सम्म भने उनी कामु प्रधान सेनापति हुनेछन्।
बिदाइ समारोहमा थापाले संगठनभित्र अघि सारेका मार्गचित्रका कारण सामूहिक भावना र प्रयास अगाडि बढेको बताएका थिए।
बिदाइ कार्यक्रममा रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज पौडेल पनि उपस्थित थिए। उनले प्रधानसेनापति थापाले संगठनको गौरव र शिर उचो बनाउन सफल भएको बताए।
कामु प्रधानसेनापति शर्माले अग्रजले थालनी गरेका असल र महत्वपूर्ण कार्यलाइ उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
तस्बिरहरू: