नेपाल सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ।
असोज ४ गतेदेखि १७ गतेसम्म भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास हुन लागेको हो।
अभ्यास सूर्यकिरणको १५ औ संस्करण हुन लागको र त्यसका लागि ३ सय सैनिक भारत जाने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
सैन्य अभ्यासका लागि प्रमुख सेनानीको नेतृत्वमा सेनाको टोली जाँदैछ।
अभ्यासमा भारतीय सैनिकहरू ३ सय ५० जना सहभागी हुने सैनिक प्रवक्ता पौडेलले बताए।
सैन्य अभ्यासमा युद्धकला तथा प्रतिविद्रोहसम्बन्धी अभ्यास हुने उनले बताए।