पिकअप गाडीको ठक्करबाट झापामा एक बालकको घटनास्थलमै मृत्यु भएको छ।
सर्लाही भक्तिपुर गाउँपालिका-३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका-५ बस्ने लोहरा कापरीका चार वर्षीय छोरा मानव कापरीको पिकअपको ठक्करले घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल–५ स्थित निर्माणाधीन आदिवासी रङशाला अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३-००१च०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा बालक कापरीलाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो।
पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए।
यता, घटनापश्चात् इलाका प्रहरी कार्यालय दमकको टोलीले गाडी र चालक मकवानपुर हेटौडा नगरपालिका–११ बस्ने २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ।