पोखरामा खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँ बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो।
उनलाई खोलाले बगाई रुखमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका थिए। स्थानीयले उनको उद्धार गरी उपचारको लागि शिशुवा अस्पताल पठाएका थिए। उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।