ताप्लेजुङमा एक मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ।
फुङलिङ नगरपालिका वडा नम्बर १० सिम्लेस्थित सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय खगप्रसाद तामाङ छन्।
बिहीबार दिउँसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठूलो ढुंगा झरी किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही हाईड्रोपावरमा खाना पकाउने काम गर्थे।
घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।