सप्तरीमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ।
मंगलबार राति ७ बजे डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रंजितपुरका पवन यादवका ९ वर्षीय छोरा अर्जुनकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
खेल्नेक्रममा आफ्नै गोठको भुइमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेपछि अर्जुनकुमार घाइते भएका थिए। उपचारको लागि उनलाई कल्याणपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।
बालकको शव पोष्टमार्टमको लागि अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।