सुर्खेत जिल्ला सिमानामा पर्ने सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गरिरहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ।
नेपाली सेनाको सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फिए गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयूक्त आयोजनामा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ।
कालिमाटी गाउँपालिका ५ स्थित काल्चेमा बसोबास गरी रहेका राउटे समुदायका १३८ जना व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको नेपाली सेनाले जनाएको छ।
साथै, शिविरका दौरान नं १९ बाहिनीका बाहिनीपतिद्वारा राउटे समुदायका मुखियालाई खाद्यान्न समेत प्रदान गरिएको छ।
देशमा कुल ४६ घरपरिवार रहेका राउटेको कुल सङ्ख्या १४२ छ। कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन्।
लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले दुई हजार रुपैयाँ र सङ्घीय सरकारले तीन हजार गरी मासिक पाँच भत्ता प्रदान गरिदै आएको छ।
तस्वीर- नेपाली सेना