सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
महादेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने ५३ वर्षीया अमिरका सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
राति सवा १० बजे सदा पानी लिन कलतर्फ गएकी थिइन्। त्यसक्रममा मोटरमा जोडिएको बिजुलीको तारमा उनको खुट्टा परेको थियो।
बिजुली सर्ट भई करेन्ट लागेपछि उनी घाइते भएकी थिइन्। घाइतेपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको कार्यालयले जानकारी दिए।