काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन्।
यीसहित हाल उपत्यकामा ८ हजार ९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा ५ हजार २९८, भक्तपुरमा १ हजार ३५१ र ललितपुरमा २ हजार २२५ जना सक्रिय संक्रमित छन्।
हालसम्म काठमाडौं जिल्लामा २ हजार ८५, भक्तपुरमा ४१३ र ललितपुरमा ६४० जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।
यस दिन देशभर १ हजार ३८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।