काठमाडौं उपत्यकामा थप एक हजार ८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप एक हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा ७९९ जनामा, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा अहिले ११ हजार ५९६ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा आठ हजार ४०७, ललितपुरमा एक हजार ८२७ र भक्तपुरमा एक हजार ३६२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा १८ हजार ५८२ मा परीक्षण गर्दा नेपालमा थप तीन हजार ९१५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्। यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म १० हजार ३२९ जनाको मृत्यु भएको छ।
शुक्रबार दुई हजार ११८ जना निको भएका छन्। नेपालभर भने अहिले ३८ हजार ७९८ सक्रिय संक्रमित छन्।