काठमाडौं उपत्यकामा थप एक हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा थप एक हजार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा अहिले ११ हजार ३२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
जसमध्ये काठमाडौंमा ८ हजार ११०, ललितपुरमा १ हजार ८८७ र भक्तपुरमा १ हजार ३२९ जना सक्रिय संक्रमित छन्।
नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै यसको संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १५ हजार ४६२ जनाको कोरोना परिक्षण गरिएको थियो।