चेक बाउन्सको मुद्दामा ५० लाख जरिवाना पाएका व्यक्ति पक्राउ परेका छन्।
अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ५ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय कासीराम भुसाललाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार चन्द्रागिरिबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए।
उनले आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै झुक्याएर चेक काटेर दिएका थिए। चेक बाउन्स भएपछि पीडितले अदालतमा मुद्दा हालेका थिए।
उच्च अदालत पाटनले गत माघ ४ गते १५ दिन कैद र ५० लाख जरिवाना सजाय सुनाएको थियो। सोही कारबाही कार्यान्वयन गराउन खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई ललितपुर जिल्ला अदालतमा हाजिर गराइएको छ।