अवैध चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट दुई जनालाई ५११ ग्राम ९५० मिलिग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो।
चालक चितवन माडी नगरपालिका वडा नम्बर ६का २३ वर्षीय सागर सुनार र मोटरसाइकलमा सवार हेटौडा-३का ३५ वर्षीय शम्भु घतानेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश २-०३-००४ प २५६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेक गर्दा सो गरगहना बरामद गरेको हो। उनीहरूले सो चाँदी भन्सार छलेर ल्याएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।
चाँदीका तयारी बाला ८० थान, गणेश बाला १६ थान, बागमुखे बालाको टुक्रा ८ थान, पञ्चरत्न बाला ३७ थान गरी जम्मा ५११ ग्राम ९५० मिलि ग्राम चाँदी बरामद गरेको हो।
आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरीले जनाएको छ।