प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्।
प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई शनिबार साँझ पक्राउ गरेको हो।
उनी सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएका थिए। त्यहाँ उनीमाथि भर्ना छनोट समितिले सोधपुछ गरेको थियो।
सोधपुछको क्रममा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ।