काठमाडौं उपत्यकामा थप सात सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ५१७, ललितपुरका १६४ र भक्तपुरका ९४ जना छन्। त्यस्तै, अहिले उपत्यकामा ८ हजार ६६९ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा ५९९५, ललितपुरमा १५४० र भक्तपुरमा ११३४ जना सक्रिय संक्रमित छन्।