दस स्थानीय तह सिल भएको झापा आगामी शनिबारदेखि पूर्णरुपमा लकडाउन हुने भएको छ।
कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको संख्या नघटेपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लै सिल गर्ने भएको हो।
जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि एक साताका लागि झापा जिल्ला पूर्णरुपमा सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार भएको डिसिसिएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सेतोपाटीलाई बताए।
उनका अनुसार कोरोनाको पहिलो चरणकै जस्तो कडाइका साथ निर्णय कार्यान्वयन गरिने छ।
हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ।
अब कचनकवल, कमल, गौरीगञ्ज, हल्दीबारी र झापा गाउँपालिका पनि जिल्ला प्रशासन कार्यालय झापाली सिल गर्ने भएको हो।