कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द (लकडाउन)को घोषणा गरेको छ।
उपमहानगरले सोमबार सूचना निकालेर अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको हो।
उपमहानगरपालिकाले मंगलबारदेखि एक साताका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ।
उपमहानगरका कर्मचारीहरूमा समेत कोरोना संक्रमण देखिएपछि उपमहानगर यो निर्णयमा पुगेको बताइएको छ।
इटहरीका २० वटै वडा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा १८ गतेसम्म बन्द रहने छ।
यो अवधिमा अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स, सरसफाइ तथा फोहोरमैला, दमकल, भेटरीनगरीबाहेक सबै सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए।