चेक बाउन्सको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी एक महिलालाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनीविरूद्ध उच्च अदालत पाटनले गत बैशाख ६ गते चार दिन कैद र १० लाख जरिवाना सुनाएको थियो।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी झुक्याएर चेक काटेर दिएपछि अदालतमा मुद्दा परेको थियो।