रामेछाप प्रहरीले जबरजस्ती करणीको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर १ घर भइ रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर बस्ने २७ वर्षीय टसी विकलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० वर्ष कैद सजाय तोकेको थियो।
उनलाई प्रहरीले शुक्रबार बिहान ११ बजे भलुवाजोरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
उनले सिन्धुपाल्चोककी एक महिलामाथि जबरजस्ती करणी गरेका थिए। कैद सजाय भएका टसी विकले आफ्नो नाम परिवर्तन गरेर राज विक राखेका थिए।
नाम परिवर्तन गरेर बसेका विक रामेछापमा एक ग्रिल उद्योगमा काम गर्थे।