बुधबारदेखि हराएका माडी नगरपालिका- १ पाण्डवनगरका राजकुमार बोट चितवन राष्ट्रिय निकुञ्जभित्र मृत अवस्थामा भेटिएका छन्।
मध्यवर्ती क्षेत्रमा घर भएका ४६ वर्षीय बोट बिहीबार बिहान निकुञ्जको कोर इलाका परशुराम कुण्ड नजिक मृत अवस्थामा भेटिएका हुन्। उनको जंगली भालुको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।
आर्थिक वर्ष २०७८/०७९ चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु भएको यो पहिलो घटना हो।