त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटमा जडा गरिएको नयाँ ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ।
ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रा.ली.सँग सहकार्य गरेर जडान गरिएको ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको जनाएको छ।
लाइट जडान कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई काठमाडौँ चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए।
उनले ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत रहेको उल्लेख गरे।
कार्यक्रममा एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए।
काठमाडौँ महानगरपालिका ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाइटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।