नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने निर्णय भएको हो।
त्यसअनुसार धेरै जिल्लाका नदी तथा खोलाहरूमा रहेका तुइन विस्थापन पनि गरिए। ओली दोस्रोपटक प्रधानमन्त्री भएर पनि बाहिरिसकेका छन्।
तर दुई वर्षभित्र देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल राख्ने योजना भने केही ठाउँमा अलपत्र नै छ।
२०७२/०७३ को बजेटमा तुइन विस्थापन गर्ने कार्यक्रम नै राखिएको थियो।
अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्। प्रधानमन्त्री बदलिए पनि दार्चुलाका जनताका दु:ख हटेका छैनन्।
उनीहरू तुइनबाटै महाकाली नदी तर्नुपर्ने बाध्यता छ। दार्चुलाका उत्तरी भेगका बासिन्दा तुइनबाटै महाकाली नदी पार गर्दै आएका छन्।