प्रहरीले मकवानपुरबाट पाँच किलो ७ सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध ब्युरो काठमाडौंको टोलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका-५ का ४४ वर्षीय रत्न भुलनलाई पक्राउ गरेको हो।
हेटौडा उपमहानगरपालिका-२ संगमचोकस्थित सडक खण्डमा हिँडिरहेका उनलाई अफिसमसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
पिठ्युँमा भिरेको कालो रंगको झोलाभित्र अफिम फेला परेको ब्युरोले जनाएको छ।
भुलनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको ब्युरोले जनाएको छ।