दार्चुलामा वैशाख २५ गतेदेखि जारी निषेधाज्ञा हटेको छ। शुक्रबार जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा खुला गर्ने निर्णय गरेको हो।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर जनजीवन सामान्य बनाउन निषेधाज्ञा खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।
उनका अनुसार संक्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहले निषेधाज्ञा लगाउन सक्नेछन्।
स्थानीय तहले ठाउँ विशेष निषेधाज्ञा लगाउन सिफारिस आए प्रशासनले सोही ठाउँमा निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।