डोटीमा जंगली च्याउको तरकारी खाँदा तीन बालक बिरामी परेका छन्।
शुक्रबार शिखर नगरपालिका-५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएर सोही ठाउँका १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।
उनीहरूले गोठालोजादो च्याउ टिपेर ल्याएका थिए। बेलुकी घर फर्केपछि त्यही च्याउको तरकारी खाएलगत्तै उनीहरू एकाएक बिरामी पर्न थालेका थिए।
बिरामी तिनै जनाको अहिले दीपायल सिलगढी नगरपालिका राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।