दार्चुलामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
बिहीबार ब्यास गाउँपालिका ३ तुसारपानीमा पहिरो आउँदा पुरिएर सोही पालिकाको वडा नम्बर २ राप्लाकी ५० वर्षीया बेलमती बुढाथोकीको मृत्यु भएको हो।
पहिरोमा परेर उनी वेपत्ता भएपछि सेना, प्रहरी र स्थानीयले खोजी गरेका थिए।
केही बेरमै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।