चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी धरान पुगेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन धरान पुगेका हुन्।
‘म बिपी प्रतिष्ठानको बेथिति र अनियमितताविरूद्ध चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको हुँ,’ केसीले भने।
केसी बुधबार बिहान धरान पुगेका थिए। संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरेकाले सहभागी भएपछि अपरान्ह काठमाडौं फर्किने केसीले बताए।
बिपी प्रतिष्ठानमा संघर्ष समितिले एक महिनायता आन्दोलन गरिरहेको छ।
उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, प्रतिष्ठानका चारै पदाधिकारीलाई पदबाट हटाउनुपर्ने लगायत माग संघर्ष समितिको छ।