तनहुँ प्रहरीले पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।
विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-१ का ४० वर्षीय पपेन्द्र राना छन्। उनी ज्यान मार्ने उद्योग कसुरमा १८ वर्षदेखि फरार थिए।
उनलाई तनहुँ जिल्ला अदालतले ८ वर्ष कैद र ५२ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।
यस्तै, लागुऔषध मुद्दामा फरार रहेका अभियुक्त सुशील पोखरेल पक्राउ परेका छन्। लागुऔषध मुद्दाकै कृष्णबहादुर धिमाल, सन्तोष कार्की र लक्ष्मण दनुवारलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए।
विभिन्न मितिमा मुद्दा दर्ता भई फरार भएका उनीहरूलाई प्रहरीले पक्राउपछि अदालत बुझाएको छ।
तनहुँ प्रहरीले अहिले फरार व्यक्तिहरूको सूची तयार पारी खोजी सुरू गरेको मैनालीले बताए।