प्रहरीले इटहरीस्थित एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ।
प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले ८६ ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इटहरी-५ का २७ वर्षीय वीरेन्द्र राई, सोही ठाउँका १९ वर्षी विवेक बस्नेत, इटहरी-४ का २३ वर्षीय विवेक खड्का छन्।
उनीहरूलाई इटहरी-५ को चमेना फाल्चा होटल एण्ड लजको ११२ नम्बर कोठाबाट ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। लागुऔषध किनबेच गरिरहेको बेला उनीहरूलाई समातिएको प्रहरीले जनाएको छ।
यस्तै, इटहरी-६ बाट १ ग्राम ३२९ मिलिग्राम ब्राउनसुगरसहित तीन जना समातिएका छन्। पक्राउ पर्नेमा इटहरी-९ का सुनिल तामाङ, इटहरी-१ का सन्दीप चौधरी र इटहरी-९ का प्रताप तामाङ छन्।
यस्तै, इटहरीबाटै कोसी गाउँपालिका-५ का २२ वर्षीय मनिर उदिम मियाँ र इनरूवा-३ का नारायणप्रसाद शिवाकोटी पक्राउ परेका छन्। एक हजार ट्याबलेट नाइट्रोजनसहित उनीहरूलाई महेन्द्र पेट्रोल पम्प नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, झापा प्रहरीले शिवसताक्षी नगरपालिका-६ का रियाज अन्सारी र सञ्जय प्रधानलाई ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।