प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट गाँजा बरामद गरेको हो।
हेटौडा उपमहानगरपालिका-५ बाट प्रहरीले १२० किलो ९ सय ग्राम गाँजा बिहीबार बिहान बरामद गरेको छ।
मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार प्रदेश३-०१-०२२च ७२३६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो।
यस्तै, बुधबार अपराह्न हेटौडा-१५ पीपल चौताराबाट प्रहरीले बोलेरोबाट नै ५७ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ। ना४च ५०१५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरेको हो।
बोलेरोका चालक चितवन राप्ती नगरपालिका-६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साहलाई प्रहरीले पक्राउ गरेको छ।