दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मीनकेतन गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छवि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले तुलसीपुर १० मा रहेको झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताए।
उनीहरूलाई बुधबार बेलुकी नियन्त्रणमा लिइएको थियो। उनीहरूविरूद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।