दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छबि गिरी छन्।
दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले तुलसीपुर १० स्थित झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बेलुका साढे ६ बजे पक्राउ गरिएको सेतोपाटीलाई जानकारी दिए।
उनीहरूमाथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।