कर्तव्य ज्यान मुद्दामा दस बर्ष कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
घोराही उपमहानगगरपालिका वडा नं. ३ लक्ष्मीपुरका ३८ वर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी बुधबार दाङ जिल्ला अदालतमा पेश गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार चौधरीलाई २०७३ साल असार २८ गते दाङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै दस वर्ष कैद सजाय तोकेको थियो।
त्यसयता फरार रहँदै आएका चौधरीलाई गोप्य सूचनाको आधारमा लक्ष्मीपुरमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।