दिदी-बहिनीलाई बन्धक बनाएर सामूहिक बलात्कारको अभियोग खेपेकामध्ये थप एक जना युवक पक्राउ परेका छन्।
असार ६ गते राति लमही नगरपालिका वडा नं. ७ स्थित कमानपुरको जंगलमा दिदी-बहिनीलाई बन्धक बनाई सामूहिक बलात्कारको अभियोग खेपेका लमही-६ देउपुरका २० वर्षीय अरबिन चौधरी बुधबार बेलुका पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले लमही-६ स्थित राप्ती नदीको झुलुङ्गे पुल क्षेत्रबाट बेलुका साढे ७ बजेतिर उनलाई पक्राउ गरिएको बताए।
चौधरीलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी जवानलाई दौडने क्रममा लडेर खुट्टामा चोट लागेको उनले बताए।
प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अब लमही-७ का २० वर्षीय प्रेम परियार फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार :
मध्यरातमा श्रीमानलाई रूखमा बाँधेर श्रीमती र सालीमाथि सामूहिक बलात्कार