बुधबार बिहानदेखि अवरुद्ध बनेको बुटवल नारायणगढ सडक खण्ड सांझदेखि सञ्चालनमा आएको छ।
मंगलबार रातिदेखि परेको वर्षापछि आएको बाढीले सो सडकखण्ड अन्तर्गत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाइएको डाइभर्सन बगाएको थियो।
सञ्चालनमा आएको डाइभर्सनबाट ठूला लोड गाडीबाहेक अन्यलाई आवतजावत गर्न दिइएको पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
डाइभर्सनमा राखिएको ग्राभेल दबिन सक्ने भएकाले हलुका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको लामाले बताए।
राजमार्ग भएर पूर्व पश्चिम जाने भारी सवारीसाधनलाई भैरहवा परासी सडक हुंदै आवतजावत गराइएको प्रहरीले जनाएको छ ।