कञ्चनपुरमा जुवा खेल्ने र खेलाउनेसहित ६ जना पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका वडा नम्बर मौवाफाटास्थित तेजबहादुर साउदले सञ्चालन गरेको खुद्रा पसलबाट मंगलबार साँझ प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले ६ जनालाई ६५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो।
पसल सञ्चालक तेजबहादुर साउदसँगै कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा पक्राउ परेका छन्।
उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको छ।