राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।
आन्दोलनरत उनीहरू र प्राधिकरणबीच वार्ता भएपछि काममा फर्कन तयार भएका हुन्।
जसअनुसार ओखलढुंगामा कार्यरत हुँदा निधन भएका ईञ्जिनियर राजा साहको परिवारलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाइले पहल गर्ने सहमति भएको छ।
प्राविधिकहरूलाई सञ्चार र यातायात खर्चलगायत दिने पनि सहमति छ। आयोजनका निर्देशक श्यामकिशोर सिंह र प्राविधिकहरूका तर्फबाट अविनाश अमरलगायत ६ जनाले सहमतिमा हस्ताक्षर गरेका छन्।
उनीहरूले सेवा सुविधालगायत विभिन्न माग राखेर यसअघि सिंहदरबार घेराउ गरेका थिए।