अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार भएको छ। भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको हो ।
लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ ।
यसअघि केही पहिलो पनि सरकारले श्रीलंकाबाटै ४ महिलाको उद्दार गरेर पारिवारिक पुनर्मिलन गराएको थियो ।