बेलौरीबाट भारत निकासी गर्न लागिएको ठूलो परिमाणको केराउ प्रहरीले बरामद गरेको छ।
दुई वटा ट्याक्टरसहित २५ लाख ९० हजार रूपैयाँ बराबरको केराउ बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
बेलौरी नगरपालिका-२ स्थित भारतीय सीमा नजिकबाट प्रहरीले बिहीबार केराउ बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सु.प.प्र. ०१-००२ त ४७०९ र से१त ५४६५ नम्बरको टिपरबाट केराउ बरामद गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
ती ट्याक्टर बेवारिसे अवस्थामा भेटिएका थिए। केराउ कसले निकासी गर्न लागेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।