ओखलढुंगा र पाँचथरमा लडेर दुई जनाको मृत्यु भएको छ।
ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ रुम्जाटारका ६७ वर्षीय वीरबहादुर ठटालको घरनजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ।
बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अवस्थामा परिवारले फेला पारी घरमा ल्याएका थिए। घरमा ल्यापुर्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, शुक्रबार बिहान बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका-३ का ३९ वर्षीय जयकुमार राईको सोही स्थानको फुस्रेडाँडाको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।