सप्तरीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिहुल गाउँपालिका-४ का १३ वर्षीय सन्तोष भण्डारी रहेका छन्।
भुतनी खोलामा आएको बाढीले भण्डारीलाई बगाएको प्रहरीले जनाएको छ।
उनको खोजी गर्ने क्रममा भारत मधुवनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा शव फेला परेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
उनका अनुसार बालक अपराह्न साढे चार बजे खेतमा काम गरिरहेका बुवालाई खाजा पुर्याउन गएका थिए।