वर्षातका कारण पहिरो खस्दा अवरूद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने उक्त सडकखण्ड पहिरोले आज बिहानदेखि अवरूद्ध भएको थियो।
डोटीको गैरा बजारनजिक खसेको पहिरो डोजर प्रयोग गरेर हटाइएपछि सो सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
राजमार्ग अवरूद्ध भएपछि तराईबाट पहाडका लागि छुटेका सवारी साधन ठप्प थिए।
सडक सुचारू पनि उनीहरू गन्तव्यमा लागेका छन्।
उता पहिरोले गएरातिदेखि अवरूद्ध भएको जयपृथ्वी राजमार्ग भने अझै सुचारूमा आएको छैन।
सडक खुलाउनका पानी परिरहेकाले पहिरो हटाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बेतडीले जनाएको छ।
सो सडक अवरूद्ध हुँदा बझाङ जाने आउने सवारी साधन बाटोमै अलपत्र परेका छन्।
यस्तै, उता बाजुराको सदरमुकाम जोड्ने अवरूद्ध भएको साफे–मार्तडी सडकखण्ड पनि सुचारू हुन सकेको छैन।