सोमबार तुलसीपुरका एक किशोरविरूद्ध जबरजस्ती करणी उद्योग र अप्राकृतिक मैथुन गरेको अभियोगमा जाहेरी परेका छन्।
जाहेरी परेपछि सोमबार नै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का १४ वर्षीय किशोरलाई पक्राउ गरि प्रहरीले थुनामा राखेको छ।
ती किशोरविरूद्ध पीडित बालबालिकाकाले अभिभावकको सहयोगमा जाहेरी दिएको प्रहरीले जनाएको छश्र
दुबै जाहेरीमा अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवहादुर सिंहले जानकारी दिए।
‘हामीले दुबै मुद्दा चलाएका छौं, एउटा जबरजस्ती करणी सम्बन्धी र अर्कौ अप्राकृतिक सम्भोग सम्बन्धी मुद्दा चलाएका छौं,’ डिएसपी सिंहले भने।
इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले ती किशोरले वैशाख २७ गते ९ वर्षीय बालकलाई गोठालो गएको समयमा मौका छोपी जबरजस्ती अप्राकृतिक रुपमा सम्भोग गरेको खुल्न आएको बताए।
त्यस्तै, ती किशोरले फेरि जेठ २८ गते गोठालो गएकै समयमा सात वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको भनेर पीडितले जाहेरीमा उल्लेख गरेको शर्माले जानकारी दिए।
गोठालो गएको समयमा ती किशोरले बालबालिकामाथि यौन हिंसा गर्दै आएको प्रवक्ता शर्माले बताए।
पक्राउ परेका किशोरले अप्राकृतिक रुपमा बालकलाई सम्भोग गरेको कुरा प्रहरीसमक्ष स्वीकार गरेको भए पनि बालिकामाथि बलात्कार गरेको भन्ने कुरा अस्वीकार गर्ने गरेको प्रहरी अधिकारीले बताएका छन्।