रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कारयालय सालझन्डी र रन्यौराबाट खटिएको टोलीले गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन ओसारपसारमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका टिपरमा बाग्मती प्रदेश ०३००१क०१८३ र लु२ख २१९५ छन्। यस्तै, लु३त ९७०५, लु४त ८६८२, लु३त ३६१३ र लु२त ३०२१ नम्बरको ट्याक्टर छन्।
निषेधाज्ञा जारी भए पनि खोलानाला दोहनमा सक्रिय रहेका ती साधनलाई विभिन्न खोलानालाबाट आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरलाई जिल्ला समन्वय समितिमा आवश्यक कारबाहीको लागि पठाइएको रुपन्देहीका प्रहरी उपरीक्षक डा. मनोज केसीले बताए।