रसुवाको विकट लाङटाङ सामुदायीक अस्पताललाई अमेरिकाको डाइरेक्ट रिलिफ संस्थाले ७ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री दिएको छ।
शनिबार रसुवा ट्रेकका निर्देशक गगनराज न्यौपाने र फिन्जो लामाको अगुवाईमा उक्त मुल्य बराबरको ४ वटा अक्सिजन कन्सेन्ट्रेटर, २ हजार फेस मास्कलगायत अन्य स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो।
माउन्टेन हर्ड नेपालले विकट स्थानमा रहेका स्वास्थ्य संस्थलाई स्वास्थ्योपचारका लागि केही सहज होस् भनेर उक्त सामाग्री वितरण गरिएको जानकारी दिएको छ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै गोसाइकुण्ड गाउँपालिका-४, लाङटाङस्थित लाङटाङ स्वास्थ्य केन्द्रका डाक्टर अबन गौतमले यसबाट रसुवाको लाङटाङ क्षेत्रका मानिसलाई धेरै सहज हुने प्रतिक्रिया दिए।
लाङटाङ गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट लाङ्टाङ बासी बचाउ भन्दे खोलिएको माउन्टेन हार्ट नेपालका फाउन्डरसमेत रहेका गौतमले ४ ओटा भोल्टेज रेगुलेटरसहित अक्सिजन कन्सट्रेटर र २००० ओटा माक्स ग्रहण गरेका थिए।
लाङ्टाङका जनप्रतिनिधिको रोहबरमा स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा अक्सिजन कन्सट्रेटर आपातकालिन अवस्थामा कसरि चलाउने भन्ने बारे डा. अबन गौतमले स्वास्थ्यकर्मीलाई प्रशिक्षणसमेत दिएका थिए।
रसुवाका सांसद मोहन आचार्यको सहयोगमा हेलिकप्टर उपलब्ध गराई स्वास्थ्य सामग्री दुवानीमा सहज भएको गगन न्यौपानेले जानकारी दिए।
0