मानव बेचबिखन गरेको आरोपमा प्रहरीले श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ।
दुई जना महिलालाई पूजा कन्यामा बस्न रकम दिने प्रलोभनमा पारेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए।
पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक अस्गर सैफी र उनकी श्रीमती तनहुँ दमौली नगरपालिका-५ की २६ वर्षीया सीता थापा क्षेत्री छन्।
उनीहरूले गोरखाका २० र २२ वर्षीया युवतीलाई पूजामा कन्या बस्न भन्दै रकमको प्रलोभनमा पारेर मानव बेचबिखन गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
सोही आरोपमा बिहीबार प्रहरी चौकी ईनरवाको टोलीले श्रीमान-श्रीमतीलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूमाथि शुक्रबार म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।