कोरानाको हटस्पट बनेको बाँकेको नेपालगन्जस्थीत भेरी अस्पताल र बर्दिया अस्पताललाई समाजसेवी देव अर्यालले स्वास्थ्य सामाग्री प्रदान गरेका छन्।
समाजसेवी देव अर्याल र उनका भाइ बासु अर्याललेको अगुवाईमा भेरी अस्पताल र बर्दिया अस्पताललाई ४ लाख ८५ हजार बराबरकफ स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्।
भेरी अस्तालको लागि ३ लाख ६३ हजार मुल्य बराबरका ६ वटा प्यासेन्ट मोनिटर भेरी अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई र बर्दिया अस्पतालको लागि १ लाख २२ हजार मुल्य बराबरका २ वटा प्यासेन्ट मोनिटर बर्दिया अस्प्तालका नर्देशक डा. सुभाष पाण्डेयलाई प्रदान गरेका छन्।
समाजसेवी देव अर्यालले यो स्वास्थ्य सामाग्री सहयोग गर्नका लागि आफूले अगुवाई लिए पनि केही मनकारी साथीले सहयोग गरेको जानकारी दिए।
‘अहिलेको आवश्यक भनेको स्वास्थ्य सामाग्री र दक्ष जनशक्ति हो। हामीले दक्ष जनशक्ति उत्पादन तत्काल गर्न नसके पनि स्वास्थ्य सामाग्री केही प्रदान गर्न सक्छौ, जसले केही विरामीको ज्यान बचाउन सकियो भने राम्रो हुन्छ भन्ने लागेर सानो सहयोग गरेका हौं’, उनले भने।