दन्त चिकित्सकले दाँतको समस्या फोनबाटै समाधान गर्ने प्रयास गर्ने भएका छन्।
नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निःशुल्क परामर्श गरिदिने भन्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हुन्।
एसोसिएसनका केन्द्रीय सहसचिव डा विश्व ठाकुरले यतिवेला डेन्टल सेवा लिनका लागि अस्पताल तथा क्लिनिकसम्म पुग्न समेत गाह्रो हुने भएकोले आम सर्वसाधारणलाई सेवा दिने उदेश्यले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताए।
उनले आम सर्वसाधारणलाई सेवा लिन आग्रहसमेत गरेका छन्।
‘यो लकडाउनको बेलामा तपाईँलाई दाँत तथा मुख स्वास्थ्य सम्वन्धी समस्याले सताएको त छैन्? यदि छ भने पनि अब नआत्तिनु होला। बरू टोलफ्रि नम्बर १६६००१०२२२३ मा सम्पर्क गर्नुहोला। यो नम्बरमा फोन गर्दा तपाँईको पैसा लाग्दैन’, ठाकुरले भने।