माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
अखिल (क्रान्तिकारी) को केन्द्रिय स्वयंसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ११ बजे देखि २ बजे सम्म रक्तदान गरेको हो।
बढ्दो महामारीबीच आवश्यक रगत आपुर्तिमा कमी हुन नपाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम शुरु गरिएको र रक्तदान कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिएको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी दिए।
महामारीको कठिन परिस्थितिका बाबजुद चलेको रक्तदान कार्यक्रम, संजय काल्धन संयोजक रहेको केन्द्रीय विद्यार्थी स्वयंसेवक विभागले आयोजना गरेको हो।
रक्तदानमा संयोजक काल्धनसहित अखिल क्रान्तिकारीका २६ जना नेता कार्यकर्ताले रक्तदान गरेका थिए। अखिल (क्रान्तिकारी) का वर्तमान अध्यक्ष रन्जित तामाङ, उपध्यक्ष सुरेन्द्र बस्नेत, इन्द्र भुषाल ,कोषाध्यक्ष केशव रावललगायतका पदाधकारीद्वारा गरिएको रक्तदानमा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्लले पनि रगत दिएका थिए।
कोभिड महामारीबीच अखिल क्रान्तिकारीले दुर्लभ शाहीको संयोजकत्वमा ६१ जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क सात वटै प्रदेशमा यसअघि नै सार्वजनिक गरेको छ।