बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमध्य कैलालीका चार, दाङका दुई, सल्यान र बर्दिया जिल्लाका एक÷ एक जना रहेका छन्।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शनिबार बेलुकादेखि आइतबार बिहानसम्म जिल्लाका भेरी र कोहलपुर अस्पतालहरुमा उनीहरुको मृत्यु भएको थियो।
यो संगै बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१३ पुगेको छ। बाँकेका २७३ र बाहिरी जिल्लाका २४० जनाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन्।